बाँकेमा तीन सवारी साधन ठोक्किँदा १ को मृत्यु, ९ जना घाइते

सदरलाइन संवाददाता ३ भाद्र २०७९, शुक्रबार १२:५३
 

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ वनकटुवाको संगम चोक नजिकै तीन सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।


पूर्व पश्चिम राजमार्गमा पर्ने संगम चोक नजिकै मिनि ट्रक, म्याजिक भ्यान र मोटरसाइकल ठोक्किएका थिए । प्रहरीका अनुसार पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्बरको मिनि ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको म्याजिक भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा परेर म्याजिकका चालक बाँसगढी नगरपालिका ४ का रामबहादुर कुँवरको मृत्यु भएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भक्तिभाव पूर्वक श्रीकृष्ण जन्माष्टमी मनाईंदै

३ भाद्र २०७९, शुक्रबार १२:५३
नेपालगञ्ज : ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शुक्रवार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, […]