नेपालगञ्जको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु

सदरलाइन संवाददाता १ भाद्र २०७९, बुधबार १३:११
 

नेपालगञ्ज : नेपालगञ्जस्थित आरम्भ पुर्नस्थापना सुधार केन्द्रमा रहेका एक ब्यक्तिको शंकास्पद मृत्यु भएको छ । बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल लैजाँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको हो ।


प्रहरीका अनुसार उनी एक हप्ता अगाडी मात्र उक्त सुधार केन्द्रमा आएका थिए । अधिकारीको मृत्युका विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी घर्तीले बताए । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सक्रिय संक्रमितको संख्या ९४ पुग्यो

१ भाद्र २०७९, बुधबार १३:११
नेपालगञ्ज : बाँकेमा बुधवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ८ र राप्तीसोनारी गाउँपालिकामा ६ गरी १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये ५ जना भने जिल्ला बाहिरका हुन् । […]

सम्बन्धित