२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

पहिरोले एक्स्काभेटर पुरिँदा नेपालगञ्जका चालकको मृत्यु



नेपालगञ्ज : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ । जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका– १९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।

मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम दुनै लगिएको चौकीका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतबार
ताजा समाचार