बाँकेमा करिब ६० लाख बराबरको अवैध सामान बरामद

सदरलाइन संवाददाता २४ श्रावण २०७९, मंगलवार १८:४८
 

नेपालगञ्ज : बाँके ठुलो परिमाणमा अवैध सामान बरामद भएको छ । सशस्त्र प्रहरीले करिब ६० लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रंहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतको नेतृत्वमा खटिएको ७ जनाको टोलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ हात्तिसारबाट उक्त अवैध सामाना बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भे १ ख ३५८८ नं. को ट्रकलाई शंका लागेर जाँच गर्दा बिल विजक नभएको ५९ लाख ४० हजार मूल्य बराबरको अवैध सामान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताएका छन् ।


सुर्खेत लैजाँदै गरेको अवस्थामा उक्त ट्रकलाई खानतलासी गर्दा चीनी सय बोरा, चामल ३ सय बोरा, सुपर पावर सुर्ती २९ बोरा र लेडिज सुट सय थान फेला परेका सशस्त्र प्रहरीको भनाई छ ।

ट्रकसँगै चालक दैलेखको गुराँसे गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय गौरव गिरी र सहचालक दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ बस्ने २१ वर्षीय अर्जुन रावतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

२४ श्रावण २०७९, मंगलवार १८:४८
कैलाली : धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै से २ प ५२८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ मंगलबार राति दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको […]