नेपालगञ्जमा छड्के गर्दा ३२ कर्मचारी गयल

सदरलाइन संवाददाता १९ श्रावण २०७९, बिहीबार १४:५४
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा अनुपस्थित भएको पाइएको छ । अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहीवार उप–महानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनूगमन गर्दा ३२ जना कर्मचारीहरुले हाजिरी नगरेको पाइएको हो ।

नगर प्रमुख विष्टका अनुसार विहान १०.२० बजे हाजिरी रजिष्ट्रर छडके गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित पाइएको हो । उनीहरुमध्ये अधिकाँश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन् । यसैगरीपाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित पाइएको हो ।


नगर प्रमुख विष्टसहितको टोलीले दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिती जनाउन निर्देशन दिएको छ । पहिलो चरणमा हाजिरी छड्के गरेको नगर प्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनूगमन गर्ने जनाएको छ ।

नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहीवार आकस्मिक रुपमा कर्मचारीको पनि हाजिरीको अनूगमन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आन्दोलित

१९ श्रावण २०७९, बिहीबार १४:५४
नेपालगञ्ज : सामदायिक वनको नयाँ नियमावलीले अधिकार कटौती गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) आन्दोलित भएको छ । वन ऐन २०७६ विपरीत स्वार्थ समूह, विचौलिया बर्ग र सामुदायिक वन विरोधी तत्वहरुले निरन्तर चलखेल गरी वन नियमावली २०७९ मा संविधान, संघियता, सामुदायिक वन र महिला विरोधी व्यवस्थाहरु समावेश गरेको […]