बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता १७ श्रावण २०७९, मंगलवार १३:३५
 

नेपालगञ्ज : बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपालगञ्ज–६ का ३४ बर्षीय पुस्करकुमार सोनीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।


बाँके जिल्ला अदालतको गत जेठ १३ गतेको फैसलाले सोनीलाई लेनदेन मुद्दामा ३ महिना कैद तोकेको थियो । तर, उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले मंगलवार उनलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवार नागपञ्चमी, पूजा आराधना गरी मनाईंदै

१७ श्रावण २०७९, मंगलवार १३:३५
नेपालगञ्ज : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलवार परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाईंदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको […]

सम्बन्धित