विश्व बाघ संरक्षण दिवसमा नेपालगञ्जमा सचेतना कार्यक्रम

सदरलाइन संवाददाता १२ श्रावण २०७९, बिहीबार १४:५१
 

नेपालगञ्ज : विश्व बाघ संरक्षण दिवसको अवसरमा नेपालगञ्जमा अन्तरक्रिया तथा सचेतना कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा अन्तरक्रिया तथा सचेतता कार्यक्रम गरिएको हो ।

सन २०२२ मा नेपालमा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य लिइएको छ । सोही अनुसार नेपाल सरकारले पाटे बाघ संरक्षणमा ठूलो लगानी लगाएको छ । शुक्रबार नेपालमा बाघको संख्या दोब्बर पुगेको घोषणा गरिँदै छ ।


२०१८ सालको गणना अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाघ थिए । अहिले यो संख्या बढेको बाँके राष्ट्रिय निकुञ्जका उत्तमकुमार चौधरीले जानकारी दिए । उनले बाघ संरक्षणसँगै मानिस तथा वन्यजन्तुमा भइरहेको क्षतीबारे पनि निकुञ्जले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

यस्तै डिभिजन वन कार्यालयका नवराज शाहीले वन्यजन्तु र मानवबीचको बढ्दो द्वन्द्व न्यूनिकरण गर्न जरुरी देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालका विशिष्ट अस्पतालमध्ये भेरी पनि एक हो : राज्यमन्त्री केसी

१२ श्रावण २०७९, बिहीबार १४:५१
नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सीमित स्रोत साधानका बाबजुद भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । भेरी अस्पतालको १३२ औं स्थापना दिवसको अवसरमा भेरी अस्पतालले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेपालका विशिष्ट अस्पतालहरुमध्ये भेरीले विपन्न, गरिब, असहाय असक्त, आम […]