२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बर्दियाको एक सुन पसलमा चोरी



बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका–९ भादा बजारमा रहेको एक सुन पसलबाट नगद र गरगहनासहित सीसीटीभीको हार्डडिस्कसमेत चोरी भएको छ ।

कतरनिया बजारस्थित सुनचाँदी पसलमा नगद १ लाखसहित १८ तोलाभन्दा बढी सुन लुटेको भन्दै पीडितले प्रहरीमा कार्यालयमा उजुरी गरेका छन् ।

पीडित अर्जुन घिमिरेको डेराबाट करिब ५ सय मिटर दूरीमा रहेको पसलमा मुखमा मास्क लगाएर आएका डकैत समूहले मंगलवार राती लुटपाट गरेको प्रहरीले जनाएको छ ।

घिमिरेलाई बन्धक बनाएर पसलको ताल्चा खोल्न लगाई धानमाल लुटेको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी सूर्य सुवेदीले बताए । घिमिरेका परिवारलाई घरमै थुनेर केहीले पहरा दिई अन्यले पसलमा लुटपाट गरेका थिए । करिब ६/७ जनाको समूहले लुटपाट गरेको पीडितले प्रहरीसमक्ष बताएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधबार
ताजा समाचार