नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–८ बस्ने २६ वर्षीय गणेश बुढा रहेका छन् ।
गत चैत महिनाको ९ गते जिल्ला अदालतले बुढालाई दोषी ठहर गर्दै २३ दिन कैद फैसला सुनाएको थियो । त्यसपछि उनी फरार थिए । पक्राउ परेका बुढालाई थप कारवाहीका लागि शुक्रवारनै जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।