२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

३९ लाखको यार्सागुम्बासहित बर्दियामा एक जना पक्राउ



बर्दिया : सशस्त्र प्रहरी बलले गुलरिया नगरपालिका—११ गणेशपुरस्थित नेपाल–भारत सीमानामा बुधबार बेलुकी १ किलो ४ सय ग्राम यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ ।

गुलरिया—११ घर बताउने भारतीय आधार कार्डसमेत रहेका ३१ वर्षीय कमाल अहम्मद खाँलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले बताए ।

उनका अनुसार शंकास्पद अवस्थामा जाँदै गरेका उनको खानतलासी गर्दा टेपले बेरिएका ५ पोकामा यार्सागुम्बा फेला परेको हो । पक्राउ परेका खाँलाई डिभिजन वन कार्यालयमा कारबाहीका लागि बुझाइएको छ ।

डिभिजन वन कार्यालयका अधिकृत दिपकसिंह थारुले बरामद गरिएको यार्सागुम्बा करिब ३९ लाख मूल्यको रहेको बताए ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहीबार
ताजा समाचार