२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

मोटरसाइकलको ठक्करबाट बाँकेमा एकको मृत्यु



नेपालगञ्ज : राप्तीसोनारी गाँउपालिका ७ निबुवाटारमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुकी भे ७ प १५२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका ५ बिनौनाका ५० वर्षीय बुचु थारुको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका थारुको उपचारका क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक जरैयाका अन्दाजी २३ वर्षीय नवीन बुढामगर घाइते भएका छन् । नेपालगञ्जस्थित एक नर्सिङ होममा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमबार
ताजा समाचार