२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोहलपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका ११ मा बुधबार साँझ बस र मोटरसाइकल आपसमा ठोकिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ६० वर्षीय राम बहादुर थापा रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

भे १ क १२५ नम्बरको बस र भे ४ प ३२५३ नम्बरको मोटरसाइकल साँझ ६ बजे आपसमा ठोकिएका हुन् । दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहीबार
ताजा समाचार