लागुऔषधसहित बाँकेमा एक जना पक्राउ

सदरलाइन संवाददाता २८ असार २०७९, मंगलवार १४:५५
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले नेपालगञ्ज भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको जमुनाहा बिओपीबाट भन्सार कार्यालयको अगडि चेक प्वाइन्टमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक बहादुर मगर कमान्डको टोलीले आज बिहान ६ बजे भारतको रुपईडिहाबाट नेपालगञ्ज आउँदै गरेका नेपालगञ्ज १८ का २७ बर्षीय सुदिप महतरालाई ब्राउनसुगर र विभिन्न लागूऔषधसहित नेपालगञ्ज १६ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको सशस्त्र प्रहरी बिओपी जमुनाहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिएका छन् ।


शंकास्पद तरिकाले नेपालगञ्जतर्फ आउँदै गरेका महतरालाई सशस्त्र प्रहरीको चेक जाँचका क्रम उनले बोकेको झोलाबाट १ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, इन्जेक्सनबाट दिइने तरल पदार्थ ४ सिसी, नगद ६६१० रुपैयाँ, नागरिकता, पासपोर्ट र एक थान मोबाइल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए ।

बरामद गरिएका लागुऔषध र पक्राउ परेका महतरालाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको बुढाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालले ‘अक्सिज’को दोस्रो अंक प्रकाशन गर्ने

२८ असार २०७९, मंगलवार १४:५५
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले आफ्नो १३२ औं बार्षिकोत्सवका अवसरमा स्मारिका ‘अक्सिज’ को दोस्रो अंक प्रकाशन गर्ने भएको छ । भेरी अस्पतालले यही साउन १२ गते आफ्नो १३२ औं बार्षिकोत्सव मनाउन लागेको हो । बार्षिकोत्सवका अवसरमा अस्पतालले स्कुले विद्यार्थीबीचमा अस्पतालप्रतिको दृष्टिकोणलाई केन्द्रमा राखेर प्रतिस्पर्धा गराउने भएको छ । ‘यदि म […]