ब्राउन सुगरसहित बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता २१ असार २०७९, मंगलवार १६:१०
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकाबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका वडा ११ बस्ने ४० वर्षीय खिट्टन थारु रहेका छन् ।

जमुनाहा प्रहरीले शंका लागेर जाँच गरेको थियो । लागुऔषध व्यूरोको टोली र जमुनाहा प्रहरीको टोलीले आवश्यक जाँच गर्दा हातमा आँपको झोलामा लुकाएर राखेको अन्दाजी १ ग्राम ब्राउन सुगर फेला परेको जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिए ।


पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीको विनियोजन र आर्थिक विधेयक सर्वसम्मत पारित

२१ असार २०७९, मंगलवार १६:१०
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ । ११औं गाउँसभाको तेस्रो वैठकबाट मंगलवार विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो । सभा अध्यक्ष तप्त बहादुर पौडेलले दुबै विधेयक सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । छलफलमा वडा […]