प्युठानमा चट्याङ लागेर दुई बालकको मृत्यु

सदरलाइन संवाददाता २१ असार २०७९, मंगलवार १४:३९
 

नेपालगञ्ज : प्युठानमा कट्याङ लागेर दुई जना बालकको मुत्यु भएको छ । मंगलवार बिहान करिब साढे ३ बजे जिल्लाको ऐरावती गाउँपालिका– ६ बिजुलीकोटमा चट्याङ लाग्दा सोहि ठाउँका ७ वर्षिय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाका अनुसार चट्याङ लागेर घाइते भएका दुवै जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मुत्यु भएको हो ।


त्यस्तै चट्याङ लागेर अन्य ९ जना घाइते भएका छन् । ऐरावती गाउँपालिकाका– ६ का ५ जना र वडा नं। १ का ४ जना गरि ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रामेछापमा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

२१ असार २०७९, मंगलवार १४:३९
काठमाण्डौ : रामेछापको लुभुघाटमा भएको बस दुर्घटनाका मृत्यु हुनेको संख्या १३ पुगेको छ । घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएसगै मृतको संख्या १३ पुगेको हो । उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए […]