भारतको मणिपुरमा पहिरो जाँदा २५ जनाको मृत्यु, ३८ बेपत्ता

सदरलाइन संवाददाता १९ असार २०७९, आईतवार १४:२१
 

काठमाण्डौ : भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् ।

घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।


पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए ।

तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका चार पालिकामा दोस्रो र बुष्टर डोज अभियान शुरु हुँदै

१९ असार २०७९, आईतवार १४:२१
नेपालगञ्ज : स्वास्थ्य कार्यालय बाँकेले बाँकेका आठवटै पालिकाका ८१ वटै वडामा यही असार २० गतेदेखि कोरोनाविरुद्धको खोपको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ । १८ वर्षमाथिका नागरिकलाई लक्षित गरेर सोमवार २० देखि २२ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको हो । […]

सम्बन्धित