पोखरीमा डुबेर बाँकेमा एक बालकको मृत्यु

सदरलाइन संवाददाता १७ असार २०७९, शुक्रबार १६:०५
 

नेपालगञ्ज : पोखरीमा डुबेर बाँकेमा एक बालकको मृत्यु भएको छ । डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका लच्छु प्रसाद बर्माको १७ वर्षीय छोरा राजन वर्माको पोखरीमा डुबेर मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ स्थित इट्टा भठ्ठाको खाल्डोमा नुहाउन गएका राजनको डुबेर मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।


बिहीवार दिउँसो नुहाउन गएका बालकले धेरै बेरसम्म पोखरीबाट ननिस्केपछि उनको साथमा गएका केटाहरुले घरमा खबर गरेका थिए ।

लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पोखरीमा खोजी गर्दा बिहीवार अबेर राती शव भेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा निःशुल्क छाला रोग शिविर

१७ असार २०७९, शुक्रबार १६:०५
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबार निःशूल्क छाला रोग शिविर आयोजना गरेको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा छाला तथा यौन रोगका बिरामीहरुले स्वास्थ्य सेवा लिएका थिए । भेरी अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.बद्री चापागाईले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । अधिकांशमा दाद, लुतो, एलर्जिलगायतका समस्या देखिएको डा.चापागाईले […]