बर्दियाको मधुवनबाट वेवारिसे काठ बरामद

सदरलाइन संवाददाता १७ असार २०७९, शुक्रबार १५:०७
 

बर्दिया : प्रहरी चौकी ताराताल बर्दियाबाट खटिएको प्रहरी टोलिले वेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ ।

प्रहरीले बिहिबार गस्ती गर्ने क्रममा मधुवन नगरपालिका ७ स्थित वेवारिसे अवस्थामा राखिएको काठ बरामद गरेको हो ।


प्रहरीका अनुसार, उक्त स्थानबाट २५ क्यूफिट सालको गोलिया र चिरान काठ बरामद गरेको हो ।

बरामदका काठ आवश्यक कारवाहीका लागि सब–डिभिजन वन कार्यालय सानोश्री बर्दियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतलाई विद्युत् बेचेर नेपालले २८ दिनमा कमायो १ अर्ब ७२ करोड

१७ असार २०७९, शुक्रबार १५:०७
नेपालगञ्ज : भारतलाई विद्युत बेचेर नेपालले २८ दिनमा १ अर्ब ७२ करोड २९ लाख भन्दा बढी आम्दानी गरेको छ । बीबीसीले लेखेको समाचार अनुसार २८ दिनमा १७८.१९१ मिलियन युनिट बिजुली निर्यात गरेको छ । बिजुलीको उक्त परिमाण औसतमा ९.६७ रुपैयाँ प्रति युनिटमा विक्री गरिएको छ । अधिकारीहरूका अनुसार नेपालले सरदरमा […]