२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बर्दियामा लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ



बर्दिया : बर्दिया प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.६ बस्ने बर्ष ४३ को शेर बहादुर बुढलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान पक्राउ गरेको हो ।

बुुढालाई बाँके जिल्ला अदालतको २०६७ असार १३ गतेको पैmसलाले लागुऔषध चरेश मुद्दामा १ बर्ष ४ महिना २७ दिन कैद सजाय र ७ हजार ५ सय जरिवाना सजाय तोकिएको थियो । त्यसपश्चत उनी फरार भएको प्रहरीले जानकारी दिएको छ ।

बुढालाई बिहीवारनै बर्दिया जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार
ताजा समाचार