चट्याङ लागेर बाँकेमा एक बालकको मृत्यु, एक घाइते

सदरलाइन संवाददाता १५ असार २०७९, बुधबार १५:३४
 

नेपालगञ्ज : बाँकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुरका नरेश थारुका ६ बर्षीय छोरा अभिषेक थारुको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।


मंगलबार नजिकैको जंगलमा बाख्रा चराउन गएका अभिषेक बेलुका ६ बजेतिर चट्याङ लागेर गम्भीर घाइते भएका थिए । भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै अभिषेकसँगै रहेका सोही ठाउँका २२ बर्षीय युवक ईश्वरी ओली पनि चट्याङ लागेर घाइते भएका छन् । ओलीको राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राज्यमन्त्री विमला वलीद्वारा राजिनामा

१५ असार २०७९, बुधबार १५:३४
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको […]