ट्रकको ठक्करबाट बाँकेमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ११ असार २०७९, शनिबार १३:३५
 

नेपालगञ्ज : बाँकेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २८ बर्षीया महिलाको मृत्यु भएको हो ।

शनिवार बिहान साढे ७ बजे कोहलपुरतर्फ आउँदै गरेको ना ५ ख ४२०४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा बैजनाथ गाउँपालिका वडा नम्बर २ की २८ बर्षीया दिपिका खत्री कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दिपिकाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने मोटरसाइकल चालक ३२ बर्षीय दिलबहादुर कटुवाल सामान्य घाइते भएका छन् । दिलबहादुर मृतक दिपिकाका श्रीमान् हुन् ।

ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय

११ असार २०७९, शनिबार १३:३५
नेपालगञ्ज : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको मन्त्री […]