बर्दियामा दुईजना फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता १० असार २०७९, शुक्रबार १४:३०
 

बर्दिया : विभिन्न मुद्दामा सजाय पाएका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका ५ बस्ने ओम प्रकाश थारु र वडा नं. १ बस्ने चक्र बहादुर बिसी भन्ने चक्र बहादुर बिक रहेका छन् ।

उनीहरु दुवैलाई ईलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको हो ।


थारुमाथि विशेष अदालत काठमाण्डौको फैसला आदेशले भष्टाचार अनियमित काठ कटान मुद्दामा १ महिना कैद सजाय तोकिएको थियो र चक्र बहादुर बिसी भन्ने चक्रबहादुर बिकमाथि बर्दिया जिल्ला अदालत गुलरिया बर्दियाको फैसलाले सवारी ज्यान मुद्दामा १८ दिन कैद र २ हजार जरिवाना सजाय तोकिएको थियो । दुवैजना अहिलेसम्म फरार रहेको प्रहरीेले जानकारी दिएको छ ।

थप आवश्यक कानुनी कारवाहीका लागि दुवैजनालाई बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्पदंशको उपचार पद्धतीबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

१० असार २०७९, शुक्रबार १४:३०
नेपालगञ्ज : सर्पदंश उपचार पद्धतीबारे चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि शुक्रबारदेखि नेपालगञ्जमा तीन दिने अभिमुखिकरण शुरु भएको छ । दाङ, बाँके र बर्दियाका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अभिमुखिकरणको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । अभिमुखिकरणको उदघाटन स्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य निरीक्षक सुनिता पौडेलले गरेका छन् […]

सम्बन्धित