२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बसको ठक्करबाट बर्दियामा एकजनाको मृत्यु



बर्दिया : बर्दियाको बासगढी नगरपालिका ९ माछागढ चोक नजिकै शनिवार राती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ५१ वर्षीय दिलबहादुर केसी रहेका छन् । उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा राति १० बजे मृत्यु भएको हो ।

शनिवार राती साढे ९ बजे सुदूरपश्चिम प्रदेश ०१ ००१ ख २५८२ नम्बरको बसले केसी सवार भे ११ प ७९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुबै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी लक्ष्मणाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतबार
ताजा समाचार