कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सदरलाइन संवाददाता ३ असार २०७९, शुक्रबार १३:०६
 

कैलाली : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राति साढे १० बजे गोदावरी नगरपालिका–६ लालपुरमा सु.प.प्र. ०१०१० प ९६०३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।


दुर्घटनामा मोटरसाइकल चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय बजार रुपईडिहामा एकजनाको शव भेटियो

३ असार २०७९, शुक्रबार १३:०६
नेपालगञ्ज : सीमावर्ती भारतीय बजार रुपईडिहामा एक जनाको शव भेटिएको छ । रुपईडिहाको मुनिरगञ्ज भठ्ठास्थित तलाउमा मृत भेटिएका व्यक्तिको साथमा नेपाली मतदाता नामावलीको दुृईवटा परिचय पत्र फेला परेको छ । मृतकको साथबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का समिर जसगढ र सैजहा जसगढको मतदाता परिचयपत्र फेला परेको भारतीय प्रहरीले जनाएको […]