२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

करेन्ट लागेर देउखुरीमा एक जनाको मृत्यु



दाङ : दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा निवासी करिब ४५ बर्षीय मोहन चौधरीको शुक्रवार विहान मोटरबाट पानी तानेर खेतमा चार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार घरबाट तानिएको तारमा करेन्ट प्रसारण हुँदा चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रबार
ताजा समाचार