नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले लक्ष्यअनुसार बजेट खर्च गर्न सकेको छैन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०७७÷७८ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ५३ प्रतिशतमात्रै खर्च गरेको छ ।
चालू आर्थिक वर्षका लागि विनियोजित १ अर्व ७९ करोड १२ लाख बजेटमध्ये ९५ करोड १४ लाख ३८ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले जानकारी दिए ।
उनले कोरोना भाइरस महामारी, भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन लगायतका कारणले बजेट खर्च हुन नसकेको बताए ।