नक्कली नोट छाप्ने मेशिनसहित दुई जना पक्राउ

सदरलाइन संवाददाता २ असार २०७९, बिहीबार १३:३१
 

कैलाली : कैलालीमा नक्कली रुपैयाँ छाप्ने मेसिन सहित २ युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय रामदास राना र अनुराग राना पक्राउ परेका हुन् ।

नक्कली नोट छाप्ने मेशिनसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


उनीहरुको साथबाट नक्कली १ हजारको नोट थान २, बिग्रेका नक्कली नोट १ हजारको थान १, बिग्रेका नक्कली नोट सयको थान २ र मेशिनका अन्य सामानहरु प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

२ असार २०७९, बिहीबार १३:३१
कैलाली : कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ति किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालााई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई पक्राउ गरेको हो । चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने […]