२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

प्युठानमा तीर्थयात्रु बोकेको जीप दुर्घटना, एकको मृत्यु



नेपालगञ्ज : प्युठानमा तीर्थयात्रु बाकेको जीप दुर्घटनामा परेको छ । भारतबाट स्वर्गद्वारी मन्दिर जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले बताए ।

उनका अनुसार जीप दुर्घटनामा एकको मृत्यु भएको छ । तर मृतकको परिचय खुलेको छैन भने कति जना घाइते भए भन्ने पनि खुलेको छैन । जीप स्वर्गद्वारी नगरपालिका ४ मा दुर्घटनामा परेको जनाइएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता विकसहितको टोली घटना स्थलमा पुगेको छ । घटनाका बारेमा थप जानकारी आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधबार
ताजा समाचार