मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २९ जेष्ठ २०७९, आईतवार १५:११
 

नेपालगञ्ज : बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा बर्दियाका एक पुरुषको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका दुई वटा मोटरसाइकल कोहलपुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल कोहलपुर नगरपालिका–२ मनकामना चोकमा एक आपसमा ठोक्किँदा लु ८४ प १६१७ नम्बरको मोटरसाइकलका चालक सानोश्री बर्दियाका ४१ वर्षका सूर्यप्रकाश ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा गम्भीर घाइते भएका ओलीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस पार्टी कार्यालयमा लगाइएको ताला १२ दिनपछि खुल्यो

२९ जेष्ठ २०७९, आईतवार १५:११
नेपालगञ्ज : नेपाली कांँग्रेस बाँकेको पार्टी कार्यालयमा लगाइएको ताला १२ दिनपछि खोलेका छन् । असन्तुष्ट पक्षसंग शनिबार भएको वार्तामा ताला खोल्ने सहमति भएपछि आइतवार विहान करीब साढे १० बजेतिर ताला खोलेको बाँकेका सचिव सुधाँशु कोइरालाले जानकारी दिए । असन्तुष्ट पक्षको तर्फबाट संविधानसभा सदस्य बादशाह कुर्मी, महाधिवेशन प्रतिनिधी सुदिपनरसिंह राणा, जिल्ला […]