मलामी गएका दुई जनाको राप्ती नदीमा डुबेर मृत्यु

सदरलाइन संवाददाता २६ जेष्ठ २०७९, बिहीबार १३:२६
 

नेपालगञ्ज : बाँकेको राप्ती नदीमा मलामी गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुलमा नुहाउने क्रममा सिमिकोट गाउँपालिका वडा नम्बर ८ हुम्लाका १८ बर्षीय त्रीबल शाही र २१ वर्षका लेखराज छत्याल पुल नजिक नदीमा डुबेर बेपत्ता भएका थिए ।


नुहाउने क्रममा ती दुई युवक पौडी खेल्न नजानेका कारण डुबेर बेपत्ता भएको हुन सक्ने प्रहरीले जनाएको छ । हुम्ला घर भई नेपालगञ्ज १ धम्बोझीमा कोठा लिएर बस्दै आएका उनीहरु मलामी गएका थिए । साँझ अबेरसम्म घर नआएपछि राप्ती नदीमा खोजतलास गर्ने क्रममा नदीको छेउमा उनीहरुले लगाएको कपडा र मोबाइल फेला परेपछि उनीहरु नदीमा डुबेको आंशका गरिएको थियो ।

रातीसम्म उनीहरुको खोजी कार्य गर्दा फेला नपरेपछि बिहीवार बिहान पुनः नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजतलास गर्दा उनीहरुको शव फेला पारिएको बाँके प्रहरीले जानकारी दिएको छ । मृतक युवकहरु नेपालगञ्ज १ स्थित धम्बोझी माविबाट कक्षा १२ को परिक्षा दिएर बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा शाही डेण्टल क्लिनिकको उद्घाटन

२६ जेष्ठ २०७९, बिहीबार १३:२६
नेपालगञ्ज : नेपालगञ्जमा शाही डेन्टल क्लिनिक खुलेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ सुर्खेतरोडमा एसआइवी बैंकको पूर्वपट्टी शाही डेन्टल क्लिनिक खुलेको हो । क्लिनिकको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै विष्टले विरामीलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिन आग्रह गरे । क्लिनिककी प्रबन्ध निर्देशक […]