२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कैलालीमा लागुऔषध हित ३ जना पक्राउ



कैलाली : अवैध लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा, कञ्चपुर पुनर्वास नगरपालिका ०१ बस्ने बर्ष ४२ को डब बहादुर तामाङ, सोही ठाउँका बर्ष ३५ को कान्छा तामाङ र बर्ष २८ की अन्जु सार्की रहेका छन् ।

प्रहरीका अनुसार, बिशेष गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले डब बहादुर तामाङका साथबाट ३० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको हो ।

त्यसैक्रममा थप अनुसन्धान गर्दा कान्छा तामाङका साथबाट १० ग्राम लागुऔषध र अन्जु सार्कीका साथबाट नगद ४९ हजार बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेठ २५ गते बुधबार
ताजा समाचार