२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाह्र वर्षमुनिका बालबालिकालाई कोभिड खोप दिइने



नेपालगञ्ज : १२ वर्षमुनिका बालबालिकाले कोरोना खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारको दोस्रो सातादेखि पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन शुरू गर्ने जानकारी दिएको छ ।

बालबालिकाका लागि आवश्यक खोप अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत्र ८४ लाख डोज फाइजरको खोप उपलव्ध गराउने प्रतिवद्धता जनाएपछि स्वास्थ्य सेवा विभागले बालबालिकालाई खोप दिने व्यवस्था मिलाउने तयारी थालेको मन्त्रालयले जनाएको छ ।

उक्त खोप पहिलो चरणमा २७ जिल्लाका बालबालिकाहरुलाई र दोस्रो चरणमा ५० जिल्लाका बालबालिकाहरुलाई दिने तयारीमा जुटेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

पहिलो चरणमा झापा, मोरङ्, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, चितवन, कास्की, बागलुङ्, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिल्वस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरालगायतका जिल्लामा लगाउने र दोस्रो चरणमा बाँकी जिल्लामा खोप दिने तयारीमा सरकार जुटेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेठ २१ गते शनिबार
ताजा समाचार