बर्दिया : बर्दियामा ७ वर्षीया बालिका भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामी पक्राउ परेका छन् ।
कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।