स्वास्थ्य विमा सम्बन्धि अभिमुखिकरण सम्पन्न

सदरलाइन संवाददाता १३ जेष्ठ २०७९, शुक्रबार १६:५९
 

नेपालगञ्ज : बैजनाथ गाउँपालिकामा स्वास्थ्य बिमा सम्बन्धि नव निर्वाचित जनप्रतिनिधि र दर्ता सहयोगीहरूलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजना उक्त एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको प्राविधिक सहयोग स्वास्थ्य विमा बोर्ड नेपालगञ्जले गरेको थियो ।


कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय वडा अध्यक्षहरू लगाएत बैजनाथका ८ वटै वडाका दर्ता सहयोगीहरूको सहभागिता थियो ।

कार्यक्रममा बैजनाथ स्वास्थ शाखा प्रमुख लक्षमण राज शाहीले स्वास्थ विमा सम्बन्धि बैजनाथमा सञ्चालन गरिएको कार्यक्रम तथा प्रगति विवरण तथा आगामी आर्थिक वर्षका योजना बारे जानकारी गराएका छन् । कार्यक्रममा विमा वोर्ड नेपालगञ्जका दर्ता अधिकारी रमेश आचार्य लगायतले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते

१३ जेष्ठ २०७९, शुक्रबार १६:५९
नेपालगञ्ज : सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका–९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका २ शारदा खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । दुर्घटनामा […]