लागुऔषधसहित कैलालीमा ३ जना पक्राउ

सदरलाइन संवाददाता १३ जेष्ठ २०७९, शुक्रबार १६:२९
 

कैलाली : लम्कीचुहा नगरपालिका–१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन र नगद ३८ हजार १ सय रूपैयाँसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २८ वर्षीय भुपेश थापा, २४ वर्षीय धनबिर चौधरी र जानकी गाउँपालिका–९ बस्ने २८ वर्षीय महेन्द्र रावल रहेका छन् ।


इलाका प्रहरी कार्यालय लम्कीचुवाबाट खटिएको प्रहरीले भुपेश र धनबिरलई उक्त लागूऔषध र नगद ३ हजार रूपैयाँ सहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागूऔषध महेन्द्रबाट खरिद गरेको भन्ने खुल्न आएपछि महेन्द्रलाई समेत प्रहरीले पक्राउ गरेको हो । महेन्द्रको साथबाट थप नगद ३५ हजार १ सय प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माता बागेश्वरी बचतद्वारा रक्तदान

१३ जेष्ठ २०७९, शुक्रबार १६:२९
नेपालगञ्ज : माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार नेपालगञ्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको रक्तदानको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै राईले रक्तदान जिवन दान भएकोले जिवन बचाउने अभियानमा सहयोगी […]

सम्बन्धित