काठमाण्डौ : भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण १३ जनाको मृत्यु भएको छ । विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको हो ।
बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि सुक्खा राज्यु को रूपमा चर्चा गरिने गरिएको छ ।
तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलगनता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको । मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको एकिन संख्या भने बताउन अस्वीकार गरेका छन ।
धेरै जसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम देख्ने अनुभव गरेको बताइएको छ । छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा विक्री गरिएकोु, जी न्युजले उल्लेख गरेको छ । यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ ।