बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

सदरलाइन संवाददाता ११ जेष्ठ २०७९, बुधबार १६:४७
 

बर्दिया : बर्दियामा बाघको आक्रमणमा परी फेरी एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका वडा नम्बर २ कोठियागाँउ निवासी ४७ वर्षीया कौशिला पालको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

जिल्ला वन कार्यालय बर्दियाका बनुसार बाख्रा चराउन जंगल गएको बेला बाघले आक्रमण गर्दा पालको मृत्यु भएको हो । कौशिलालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो ।


बर्दिया निकुञ्ज र भारतको कतर्निया वन्यजन्तु आरक्ष जोड्ने जैविक मार्गमा बाघ, हात्ति र गैडा लगायतका वन्यजन्तुहरु ओहोर दोहोर गर्ने गर्दछन् । बाघको बासस्थान रहेको उक्त सामुदायिक वनमा कौशिला बाख्रा चराउन एक्लै गएको बताइएको छ ।

गएको तीन वर्षको अवधिमा बर्दियामा बाघको आक्रमणमा परी २३ जनाको मृत्यु भइसकेको छ । केहि वर्षयता खाता जैविक मार्गको आसपासका क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भीरबाट लडेर रोल्पामा एक जनाको मृत्यु

११ जेष्ठ २०७९, बुधबार १६:४७
रोल्पा : रोल्पमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–३ सिमगिठा बस्ने ५५ वर्षीय नन्दे घर्तीमगरको लुङग्री गाउँपालिका–२ राजथरबाट कमिरेढिक जाने क्रममा कमिरेढिकको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आज बिहान ९ बजेतिर भिरबाट लडेका हुन । भीरबाट लडेर करिब १५–२० मिटर तल खसेको […]