कञ्चनपुर : कञ्चनपुरको एक स्विमिङ पुलमा डुबेर पुरुषको मृत्यु भएको छ । जिल्लाको होटल ओपेराको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार मंगलवार दिउँसो नुहाउने क्रममा भारतको उत्तर प्रदेशस्थित रामपुरका ३८ वर्षीय फैज अहमदको मृत्यु भएको छ । पौडी खेल्न नजान्ने उनी पुलमा डुबेपछि होटलका कर्मचारीले उद्धार गरी महाकाली अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याइएपछि चिकित्सकले अहमदलाई मृत घोषणा गरेका थिए ।