न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल फेरी उत्कृष्ट

सदरलाइन संवाददाता १० जेष्ठ २०७९, मंगलवार १७:१३
 

नेपालगञ्ज : न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगन्जस्थित भेरी अस्पताल यो वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरीका विभिन्न अस्पतालहरुको मूल्याङ्कनमा भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो ।

मूल्याङ्कनका क्रममा अस्पताहरुको लेखा प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिन्छ । मूल्याङ्कनका लागि मन्त्रालयको सहसचिवको टोलीनै अस्पतालमा आउने गरेको छ । त्यसैका आधारमा अंक दिने गरिएको छ ।


आर्थिक वर्ष ०७८/७९ मा भेरी अस्पतालले ६७ अंक प्राप्त गरेको अस्पताललका मेसु डा. वीरेन्द्रबहादुर चन्दले बताए ।

गएको वर्ष पनि भेरी अस्पताल ६१ अंक लिएर संघीय अस्पतालहरुमा उत्कृष्ट बनेको थियो । रेफरल अस्पतालकारुपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै भरोसाको केन्द्र मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भरतपुर महानगरको प्रमुखमा रेनु दाहाल विजयी

१० जेष्ठ २०७९, मंगलवार १७:१३
चितवन : चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत […]

सम्बन्धित