दुर्घटनामा महिलाको मृत्यु भएपछि कैलालीमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सदरलाइन संवाददाता ८ जेष्ठ २०७९, आईतवार १७:२४
 

धनगढी : कैलालीमा ट्रयाक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । महिलाको मृत्यु भएपछि जिल्लाको गौरीगंगा नगरपालिकास्थित चौमाला क्षेत्रमा तनाव उत्पन्न भएपछि चौमाला क्षेत्रमा मृतकका आफन्त तथा स्थानीयले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए ।

तर, अहिले राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ । आन्दोलित स्थानीयलाई शान्त पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको जनाएको छ ।


प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका ३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्रयाक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका १ की ३० वर्षीया सविता कलेलको घटनास्थलमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा रे्याफटिङ्ग गर्दै मनाईयो २२औ अन्तराट्रिय जैविक विविधता दिवश (फोटो कथासहित)

८ जेष्ठ २०७९, आईतवार १७:२४
राप्तीसोनारी (बाँके) :  बाँकेमा जैविक विबिधताको अवस्था अध्ययन गर्दै २२ औ अन्तराष्ट्रिय जैविक विविधता दिवश मनाईएको छ । डिभिजन बन कार्यालय बाँकेको आयोजनामा आइतबार राप्तीनदी प्रणालीको जैविक विविधताको अवस्थाका बारेमा अध्ययन गरिएको हो । राप्तीसोनारी– १ कुशुमबाट नदीमा र्याफ्टिङ्गको मद्दतले गरिएको सो अध्यनले समग्र जिवको अवस्थाको बारेमा जानकारी हुने भएकोले […]