साग स्वर्ण पदक विजेता सञ्जु रहिनन्

सदरलाइन संवाददाता २७ बैशाख २०७९, मंगलवार ०९:४८
 

 

काठमाडौं : एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् ।

प्रशिक्षणकै क्रममा केहि दिनदेखि ललितपुरको महालक्ष्मी नगरपालिका– ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले जानकारी दिए ।

वरिष्ठ सई बरालका सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ । प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने उनले जानकारी दिए ।


बाँके राप्तीसोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुईवर्ष अघि स्वदेशमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन् । उनी केहि दिन अघि भएको एसियाली छनोटमा भाग लिन राजधानी आएकी थिइन् ।

नेपाल भारोत्तोलन संघका महासचिव एवं पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ताले सोमबार प्रशिक्षक महर्जनको घरमा भोज हुँदा सञ्जुसँग भेट भएको र उनलाई आफूले सामान्य अवस्थामा पुगेको जानकारी दिए ।

वरिष्ठ सई बरालका अनुसार सञ्जुको काका काकीको रोहबरमा मुजुल्का उठाउन काम भइरहेको छ । (हाम्रो खेलकुद)

One thought on “साग स्वर्ण पदक विजेता सञ्जु रहिनन्

  1. मृत्युको कारण कोरोना भ्याकसिन हुने संभावना धेरै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा तलब भत्ता नलिने जनप्रतिनिधिका फोस्रा आश्वासन !

२७ बैशाख २०७९, मंगलवार ०९:४८
नेपालगञ्ज : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको आज मंगलबार प्रचार प्रसारको अन्तिम दिन विभिन्न राजीतिक दलका र स्वतन्त्र उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा मतदान गर्नको लागि आकर्षक र भड्किला नारा आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको पाईन्छ । यो निर्वाचनमा प्रायजसो सबै उम्मेदवारले आफुले जिते तलब भत्ता नलिने उद्घोष […]