गठबन्धनका उम्मेदवार विष्ट र राईले अन्जनीमाता रसोईमा खानाखाँदै आफु जिते मासिक १ लाख दिने प्रतिवद्धता गरे

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार १६:०८
 

नेपालगञ्ज :  नेपालगञ्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । यो रसोई नेपालगञ्ज उपमहानगरको आर्थिक सहयोगबाट सञ्चालित हो ।

रसोईमा विहिबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्धिन राई लगायतको टोली खाना खान पुग्दा उनीहरुले सो प्रतिबद्धता जनाएका हुन । सामाजिक कार्यमा समेत सक्रिय रहेका विष्ट रसोईका संस्थापक सदस्य पनि हुन । उनले रसोईको सेवालाई प्रभावकारी बनाउँदै लैजाने बताए ।

‘ब्रह्मलीन श्रीमहन्त हिरामन हरिशंकर गिरीजी महाराजको स्मृतिमा गरिब, मजदुर, विरामीहरुलाई शौलियत दरमा खाना खुवाउनुपर्छ भन्ने उद्देश्यले मेधशी आयोगका सदस्य विजयकुमार गुप्ता लगायतको सुन्दरकाण्ड मित्र मण्डलले रसोइको दुईवर्ष अघि सुरुवात गरेको हो । यसले कोरानाकालमा र अहिले भेरी अस्पतालमा आउने विरामीहरुलाई पनि सहयोग भएको छ’– उनले भने ।


कोरोनाकालमा होटल बन्द हुँदा यस आसपासका सेवाग्राहीहरु यहाँबाट लाभान्वित भएका थिए । रसोईले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म ३० रुपैयाँमा खाना खुवाइरहेको छ । यहाँको सेवा समय बढाउनका लागि जनशक्तिको आवश्यकता पर्छ । सेवा समय बढाउने भन्दा पनि दिइरहेको सेवालाई स्तरीय र प्रभावकारी बनाउने विष्टले बताए ।

रसोईलाई नेपालगञ्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैँया उपलब्ध गराउँदै आएको छ । गठबन्धनका उम्मेदवार विजयी भएपछि मासिक १ लाख रुपैयाँ उपलब्ध गराइने उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले बताए । सरकारी रकम सहयोग लिएर सञ्चालन गरिएको रसोईमा पुगेर उम्मेदवारले खाना खानु र प्रतिबद्धता जनाउनु निर्वाचन आचार संहिता भित्र पर्छकी पर्दैन ?

रसोईमा अस्पतालका विरामी, विरामीका आफन्त, नजिकै काम गर्ने, गरिव, मजदुर लगायत दैनिक करिब ४ सयदेखि ५ सयले खाना खाने गरेका छन् । स्थापनादेखि हालसम्म यहाँ २ लाख २५ हजारले सेवा लिएको रसोई सन्चालक पवन कुमार अग्रवालले जानकारी दिए । विजयकुमार गुप्ता, जितेन्द्रकुमार सिँह, प्रशान्त विष्ट, विमल चन्द, ब्रजेश बहादुर सिँह र विनोद कुमार राठीको सहयोगले नै यो सामाजिक कार्यले सफलता पाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आचारसंहिता कार्यान्वयनमा बाँकेको नरैनापुर उदाहरणीय

२२ बैशाख २०७९, बिहीबार १६:०८
बाँके (नरैनापुर) : स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा देशभर निर्वाचन आचारसंहिताका विपरितका गतिविधिहरु भइरहेका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा दलहरुले अटेरी गरिरहेका छन् । निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिता कार्यान्वयनमा दलहरुलाई प्रतिवद्ध गराउन हम्मेहम्मे परेको छ । आयोगले अटेरी गर्ने दल तथा उम्मेदवारलाई स्पष्टिकरण सोधिरहेको छ । […]

सम्बन्धित