कैलालीमा एक दम्पत्ति मृत फेला

सदरलाइन संवाददाता १८ बैशाख २०७९, आईतवार १७:१२
 

नेपालगञ्ज : कैलालीमा दुई जना मृत फेला परेका छन् । आइतबार जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित तुल्सिपुर सामुदायिक वनमा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेका हुन् ।


अमर दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका थिए । प्रहरीका अनुसार उनले अस्मितासंग दोस्रो विवाह गरेका हुन् । अमर र अस्मिता केहीदिन घोडाघोडी नगरपालिका वडा नम्बर ५ मा आफ्ना आफन्तसंग बसेका थिए ।

तर, उनीहरु चैत २६ गते घरबाट घुम्न जाने भनेर निस्किएका थिए। त्यो दिनदेखि उनीहरु बेपत्ता भएका थिए । खोज तलासकै क्रममा आइतवार उनीहरु जंगलमा मृत अवस्थामा भेटिएको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रमिक दिवसमा श्रमिकसँग कोहलपुरमा एमालेका मेयरका उम्मेदवार भुसाल

१८ बैशाख २०७९, आईतवार १७:१२
  कोहलपुर (बाँके) :  एमाले कोहलपुरले आसन्न बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन लक्षित घरदैलो कार्यक्रमलाई तीब्र बनाएको छ । एमालेका मेयर तथा उपमेयरका प्रत्यासी वडा अध्यक्ष सदस्यका उम्मेदवारहरु मतदाताका घरदैलोमा पुग्ने क्रम जारी छ । आइतबार मजदुर दिवसको अवसरमा एमालेबाट कोहलपुर नगरपालिकामा मेयरका उम्मेदवार खिलप्रसाद भुसालले १३६औं […]