अवैधरुपमा भित्र्याइएको चिनी बरामद

सदरलाइन संवाददाता १८ चैत्र २०७८, शुक्रबार १३:५६
 

नेपालगञ्ज : नेपालगञ्जबाट भन्सार छलिको चिनी बरामद भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट साढे २१ क्विन्टल चिनी बरामद भएको वडा प्रहरी कार्यालयका निमित्त इन्चार्ज माधव रिजालले जानकारी दिए ।

भारतबाट लुकाइछिपाई भित्र्याइएको ५० किलोका ४३ बोरा चिनी बरामद भएको प्रहरीले जनाएको छ । चिनी भारतमा सस्तोमा पाइन्छ । त्यही भएर तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउने गरेका छन् ।


उक्त चिनी थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा निःशुल्क स्वास्थ्य शिविर हुने

१८ चैत्र २०७८, शुक्रबार १३:५६
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । स्वास्थ्य शाखाको आयोजनामा चैत्र २१ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो । जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्याव सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा खजुराका प्रमुख सुदिप पौडेलले […]