आर्युेवेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न

सदरलाइन संवाददाता १२ चैत्र २०७८, शनिबार १७:१४
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाको वडा ४ बद्रिपुरमा निःशुल्क आर्युेवेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नागरिक आरोग्य सेवा केन्द्र खजुराको आयोजना तथा खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

जनकल्याण माध्यमिक बिद्यालयमा गरिएको एकदिने स्वास्थ्य शिविरमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया बिश्वकर्मा तथा प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी लगायतले शिविरको उद्घाटन गरेका थिए ।

शिविर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले निःशुल्क आर्युेवेद शिविरले वडाका गरिव, विपन्न, जेष्ठ नागरिक सबैलाई सेवाको अनुभुति हुने बताए ।

यस्तै उपाध्यक्ष एकमाया बिकले स्वास्थ्य शिविरले स्वास्थ्य सेवा मात्रै नभएर स्वास्थ्य जिवनयापन गर्न मदत पुग्ने बताइन् ।


शिविरमा करिब २ सय ५० जनाले सेवा लिएको नागरिक आरोग्य सेवा केन्द्र खजुराका कविराज किरण खनालले बताए । शिविरमा निःशुल्क नाम दर्ता, औषधी, योग परामर्श सेवा, स्वास्थ्य जिवनशैली सम्बन्धि जनचेतनामुलक सन्देश लगायतका सेवा निःशुल्क प्रदान गरिएको छ ।

स्वास्थ्य शिविरमा बाँके आर्युेवेद स्वास्थ्य केन्द्र नेपालगञ्जका डाक्टर गिता रेग्मी, नागरिक आरोग्य सेवा केन्द्र खजुराका कविराज किरण खनाल, नागरिक आरोग्य सेवा केन्द्र नरैनापुरका कविराज रोशन शर्मा, नागरिक आरोग्य सेवा केन्द्र राप्तिसोनारीका कविराज अन्जना थारु, नागरिक आरोग्य सेवा केन्द्र डुडुवाका कविराज उर्मिला थारु, नागरिक आरोग्य सेवा केन्द्रका कविराज सहायक सविना केसी लगायत्का स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

शिविरमा खजुरा ४ का अध्यक्ष तिलकबिर सुनार, जनकल्याण माध्यमिक बिद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ८ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए

१२ चैत्र २०७८, शनिबार १७:१४
नेपालगञ्ज : यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देशैभर निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । जिल्लाका वरिष्ठतम् न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रूपमा तोकिएको हो । आयोगले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जिल्ला […]

सम्बन्धित