नेपालगञ्ज : औषधि खरिदमा वडा अध्यक्षसहित स्वास्थ्य संयोजको संलग्नतामा आर्थिक अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावतसहितको मिलेमतोमा गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमबाट कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको फेला पारेको हो ।
अख्तियायरले उक्त कार्यमा वडा अध्यक्ष रावत सहित सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र लेखापाल सुरतबहादुर रेश्मीको संलग्नतामा ८ लाख रकम हिनामिना गरेको फेला पारेपछि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीहरुलाई ८ लाखको बिगो बमोजिमको कारबाहीको माग गर्दै कारबाहीको माग गरेको छ ।