नेपालगञ्ज : बाँकेमा मंगलवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७३ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
मेडिकल कलेज कोहलपुरमा ४८ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ११ र बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् ।