इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन सुर्खेत प्रशासनको अनुरोध

सदरलाइन संवाददाता ७ चैत्र २०७८, सोमबार १४:०४
 

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय सुर्खेतले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको छ ।

प्रशासनले सोमबार एक सुचना जारी गर्दै स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न प्रश्चाप पाउँनेगरि प्रहरीलाई बुझाउन अनुरोध गरेको हो ।


उक्त जारी सुचनामा भनिएको छ, ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नकोलागि यस जिल्लाभित्र रहेका इजाजतलिई राखिएका विभिन्न किसिमका हात–हतियारहरु निर्वाचन सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी नजिकको प्रहरी इकाईहरु मार्फत् जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा १५ दिनभित्र बुझाउनका लागि सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनमा १ सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटना

७ चैत्र २०७८, सोमबार १४:०४
एजेन्सी : चीनमा एक सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । हवाईजहाज युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको थियो । जहाज दुर्घटना भएपछि जङ्गलमा आगो […]