नेपालगञ्ज : बाँकेमा मंगलवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४७ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालको प्रयोगशालामा ११ जनाको नमुना जाँच गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा २७ जनाको नमुजा जाँच गर्दा २ जनामा गरी ४ जनामा कोभिड देखिएको हो ।
यस्तै बागेश्वरी ल्याबमा ९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९ सय ३५ पुगेको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या एक रहेको छ ।