२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

दुरबिन प्रबिधिको प्रयोग गरी पित्त थैलीको उपचार अब कान्ति आरोग्यमै




नेपालगञ्ज :  कोहलपुरपछि नेपालगञ्जमा पहिलो पटक दुरविन प्रविधिबाट पित्त थैलीको अपरेसन सेवा सुरु गरिएको छ । नेपालगञ्जको सुर्खेतरोडमा रहेको कान्ति आरोग्य अस्पतालले सो सेवा सञ्चालन ल्याएको हो ।

शनिबार लम्कीचुहा नगरपालिका कैलालीका पार्वती सुनार र जानकी गाउँपालिका वडा नं ५ बाँकेका राधिका यादवको सो प्रविधिको प्रयोग गरी सफल उपचार गरेसंगै नेपालगञ्जमा यो सेवा सुरु भएको हो ।

कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा बर्दिया जिल्ला अस्पतालका जनरल सर्जन विजय उपाध्यायले सो सेवा प्रदान गरेका हुन् । आईतबार कान्ति आरोग्य अस्पतालले आयोजना गरको पत्रकार भेटका अवसरमा पत्रकारहरुसंग कुरा गर्दै डाक्टर उपाध्यायले नेपालगञ्जमा यो पहिलो सेवा भएको दावि गरे साथै उनले दुरविन प्रविधिबाट गरिने सेवाका थुप्रै फाईदा रहेको समेत बताए ।

उनले भने–‘यस्तो प्रविधि प्रयोग गरेर गरिएको अपरेशनमा घाउ पाक्ने डर हुदैन । खर्च पनि कम लाग्छ र अस्पतालमा धेरै बस्न पनि पर्दैन । साथै यसको लागि भारतको लखनउ र काठमाण्डौसम्म पुग्नपर्ने बाध्यतालाई समाप्त गरेका छौ ।’ उनले आफुहरुले सुलभ दरमा गुणस्तरिय सेवा दिनको लागि प्याकेज नै बनाएर सेवालाई अंझ सर्वसुलभ र सहज बानउने तयारी गरि रहेको उनले बताए ।

कान्ति आरोग्य अस्पतालका सिईओ संदिप अग्रवालले दुरविन प्रविधिबाट गरिने सेवाहरुलाइ विस्तार गर्दै लैजाने बताए । आफुहरुले अस्पतालमा पारिवारिक वातावरण सहिलको सुलभ सेवा दिईरहेको बताउदै सिईओ अग्रवालले भने –‘यहाँका कुनै पनि विरामीलाइ लखनउ त जानै नपरोस तर, हामी सकेसम्म काठमाडौ पनि विरामीलाई पठाउन नपरोस भन्ने उद्देश्यले सेवा विस्तार गर्ने सोचमा छौ ।’

कान्ति आरोग्य अस्पतालले विगत ३ वर्षदेखि बालरोग, जनरल फिजिसियन, जनरल सर्जरी, स्त्रीरोग, चर्मरोगलगायतका थुप्रै गुणस्तरिय र सुलभ सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २०७८ फागुन १५ गते आइतबार
ताजा समाचार